काठमाडौं । सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ अनुमोदनका लागि संसदमा पेस गर्न लागेको हल्ला चलिरहेको छ । एमसिसी संसदबाट पारित गरी कार्यान्वयन गर्ने विषयमा विवाद भइरहेका बेला यस बिषयमा छलफलको लागि बुधबार बिहान अमेरिकाको वासिङ्टनमा एमसिसी बोर्ड बैठक पनि बसेको छ ।
संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएको हल्लापछि नेत्रविक्रम चन्द ‘विप्लव’, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका केही दलले विरोध प्रदर्शन पनि गरिरहेका छन् । यसैबीच चीनले पनि एमसीसी बारे थप प्रक्रिया अघि बढाउन नेपालका राजनीतिक दलहरुलाई दबाब दिएको छ ।
चीनले सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि संसदमा एमसीसी पेस नगर्न दवाब दिएको हो । स्रोतका अनुसार संघीय संसदको चालु अधिवेशनमा एमसीसी पेस गर्ने तयारी भइरहेको चर्चापछि चीनले नेपाली राजनीतिक दलहरुलाई यस्तो दबाब दिएको हो ।

चिनियाँ अधिकारीले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई चीनसँगका सम्बन्ध राम्रो बनाइरहनुपर्ने भन्दै एमसीसीका बिषयमा बिचार गर्न आग्रह गरेको हो । सोमबार चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तराष्ट्रिय विभागका उपमन्त्री चेन चाओले पनि एमालेका महासचिव शंकर पोखरेलसँग यस बिषयमा कुरा गरेको पनि बताइएको छ ।
त्यस्तै अमेरिकाले पनि नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा चासो देखाइरहेको छ । यसै बिषयमा छलफलको लागि पनि बुधबार वासिङ्टनमा एमसिसी बोर्ड बैठक बसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah