हङकङमा ३८ तलाको भवनमा आगलागी हुँदा १०० जनाभन्दा बढी छतमा फसेका छन् । आगलागी भएपछि हङकङको वर्ल्ड ट्रेड सेन्टरको छतमा फसेका १०० जना भन्दा बढी मानिसले उद्धारको प्रतीक्षा गरिरहेका छन् ।

कम्तीमा आठजना घाइते भएका र उनीहरूलाई अस्पताल पठाइएको हङकङको प्रहरीले पुष्टि गरेको छ । घाइते हुनेमा ३१ देखि ७२ वर्षबीचका रहेको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरूले यान्त्रिक कक्षबाट आगलागी सुरु भएको र मचानमा फैलिएको बताए । कसैको मृत्यु भएको छैन र उद्धार कार्य जारी छ । आगलागी बुधबार भएको हो ।

सो आगलागीलाई ‘लेभल थ्री इन्सिडेन्ट’ (तेस्रो तहको घटना) को रूपमा वर्गीकरण गरिएको छ । ‘लेभल फाइभ इन्सिडेन्ट’लाई एकदमै गम्भीर मानिन्छ ।