नयाँदिल्ली । गएको बुधबार तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेनको निधन भएको छ ।

हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको बुधबार निधन भएको भारतीय वायु सेनाले जनाएको हो । दुर्घटनामा जलेर गम्भीर घाइते भएका सिंहलाई जीवितै उद्दार गरिएको थियो । तर उपचारका क्रममा उनको निधन भएको हो ।
डिसेम्बर ८ गते तमिलनाडुको कुनूर नजिकै भारतीय वायु सेनाको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गत बुधबार तमिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङ्टन जाने क्रममा रावतसहित १४ जना सवार हेलिकप्टर बाक्लो कुहिरोका कारण दुर्घटना भएको थियो । रावत वेलिङ्टनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरलाई सम्बोधन गर्न जाने क्रममा दुर्घटना भएको र दुर्घटनामा परी रावतकी श्रीमति मधुलिकाको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah