काठमाण्डाै – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ ।

भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा उहाँले केही तत्त्वहरूले दुई देश बीचको सम्बन्ध बिगार्न चाहेको आरोप लगाउनुभयो । उहाँले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाउनुभएको छैन । उहाँले नेपालसँग भारतको रोटी–बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको दोहोर्याउनुभयो । साथै उहाँले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताउनुभयो । उहाँले भन्नुभएको छ,‘जेसुकै भए पनि हामीलाई शिर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ ।’ सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गर्नुभएको थियो ।

नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट सडक निर्माण गरिएकाले भारतसमक्ष त्यसको कुटनीतिक रूपमै विरोध जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah