जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा परी २८ घाइते भएका छन् ।

उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ  । ओसाकाको आठ तल्ले भवनमा शुक्रबार आगलागी भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भवनको चौथो तल्लामा रहेको मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ ।