काठमाडौं । अहिले ई-पासपोर्टको कामलाई छिटो सम्पन्न गराउन अनलाइन आवेदन सञ्चालन भइरहेको छ । अनलाइन आवेदन भर्ने प्रणालीमा सेवाग्राही आफैँले र सेवा प्रदायकले अरुको लागि आवेदन भर्न मिल्ने व्यवस्था गरिएको छ ।

अनलाइन आवेदन भरिदिनको लागि हालसम्म सेवा प्रदायक छनोट नभएको राष्ट्रिय परिचयपत्रका निर्देशक सुवास ढकालले बताए । यद्यपि अहिले राष्ट्रिय परिचय पत्र वितरण भइरहेका कार्यालय बाहिर दुई सय रुपैयाँ लिएर फाराम भरिदिनेहरु प्रशस्त भेटिन्छन् ।कार्यालयले फाराम भर्ने सेवा दिने सेवा प्रदायक छनोट नगरिसकेकाले यो गैरकानूनी भएको र सकेसम्म सर्वसाधरणले थप पैसा तिर्नु नपर्ने गरी सिस्टम लागू गरिने निर्देशक ढकालले बताए ।पैसा तिर्नै परे पनि सुलभ बनाउन निश्चित रकम तोक्ने तयारी रहेको उनले बताए । आफूखुशी रकम असुल्ने कुनैपनि व्यक्ति तथा संस्थालाई कारबाही गरिने ढकालले बताए ।

अहिले अनलाइन ईन्ट्री गर्दा भएका त्रुटीलाई आन्तरिक रुपमा सच्याउने गरिएको उनले बताए । यसो हुँदा जति चाँडो काम हुनुपर्ने हो त्यो चाहिँ हुन नसकेको ढकाल स्वीकार्छन् । राष्ट्रिय परिचय पत्रको विवरण राहदानीका लागि मात्र नभएर अन्य थुप्रै प्रयोजनका लागि आवश्यक पर्ने हुँदा विवरण पेश गर्दा सजग रहन ढकालले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah