काठमाडौंः ट्याक्सी चालकलाई चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले बारा कलैया घर भएका १९ वर्षीय  विकास सरावलाई नियन्त्रणमा लिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रवार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनीस्थित नेपाल टेलिकम अगाडी बा १ ज १४४६ नम्बरको ट्याक्सी चालक काभ्रे रोशी गाउँपालिका घर भएका ३८ वर्षीय कृष्णबहादुर लामालाई चक्कु प्रहार गरेका थिए।

घाइते लामाको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको