बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएका छन् । उनले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी) को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उनले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने बताएका हुन् ।
मन्त्री हुमागाईंले मन्त्रालयले दुई हप्तामै श्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताए । उनले भने, ‘कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।’
मन्त्री हुमागाईंले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको दाबी गरे ।










