लन्डन — बेलायतका अनुसन्धानकर्ताहरूले कोभिडविरुद्ध खोपको बुस्टर डोज लगाएकाहरू ओमिक्रोन भेरिएन्टको संक्रमणबाट ८५ प्रतिशत सुरक्षित हुने जनाएका छन् । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनमा खोपको प्रभावबारेको अध्ययनमा त्यस्तो नतिजा आएको वैज्ञानिकहरूको भनाइ छ ।

यस्तो सुरक्षा यसअघिका भेरिएन्टको तुलनामा केही कम हो । तर खोपको बुस्टर डोज लगाएका मानिसहरू ओमिक्रोन भेरिएन्टका कारण अस्पताल भर्ना हुनु नपर्ने नतिजाले देखाएको छ । लन्डनस्थित इम्पेरियल कलेजले उक्त अध्ययन गरेको हो । ओमिक्रोन भेरिएन्ट हाल विश्वभर तीव्र रूपमा फैलिइरहेको छ । पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरिएन्ट हाल विश्वका करिब ८० देशमा देखिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो भेरिएन्टलाई जोखिमपूर्ण सूचीमा राख्दै थप सतर्कता अपनाउन आग्रह गरिसकेको छ । ओमिक्रोन कोभिड–१९ को हालसम्मकै उच्च रूपमा उत्परिवर्तित भेरिएन्ट हो ।

अनुसन्धानकर्ताहरूले ओमिक्रोन भेरिएन्टबारे थप अध्ययनहरू जारी रहेकाले वास्तविक अवस्थाबारे अझै अनिश्चितता रहेको बताएका छन् । यो भेरिएन्टको र खोपको सम्बन्धबारे पत्ता लगाउन कोसिस गरिरहेको उनीहरूको भनाइ छ । खोपहरूले हाम्रो शरीरलाई कोभिडविरुद्ध कसरी जुध्ने भन्ने सिकाउँछन् । तर हाल प्रयोगमा रहेका कोभिड–१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरिएन्ट संक्रमितका लागि भनेर बनाइएका होइनन् । जसका कारण यो भेरिएन्टका लागि ती खोपले अन्यमा जस्तो प्रभावकारी नहुने भएको हो ।

दुई मात्रा खोप लगाएका व्यक्तिमा एन्टिबडीको क्षमतामा २० देखि ४० प्रतिशतसम्म कमी आएको अध्ययनमा देखिएको हो । यसको अर्थ ओमिक्रोनविरुद्ध खोपको प्रभावकारिता कम हुनु हो । तर बुस्टर डोज लगाएको खण्डमा यस्तो प्रभावकारिता ८० देखि ८५.९ प्रतिशत देखिएको छ । तर डेल्टालगायत अन्य भेरिएन्टमा यस्तो प्रभावकारिता ९७ प्रतिशत छ ।

‘अझै एउटा अनिश्चितता के हो भने ओमिक्रोन भेरिएन्टका कारण रोग कति गम्भीर हुन्छ भन्ने बुझ्न कैयौं साता लाग्न सक्छ । त्यसैले सरकारले सम्भावित असरलाई मध्यनजर गर्दै योजना बनाइहाल्नु जरुरी छ,’ अनुसन्धानकर्ता आज्रा गनीले भनिन्, ‘हाम्रो अध्ययनले बुस्टर डोजको निकै महत्त्व रहेको पुष्टि गरेको छ ।’ बेलायतको खोप कार्यदलका पूर्वप्रमुख डा. क्लाइभ डिक्सले बुस्टर डोजको प्रभावकारिताबारे प्रारम्भिक नतिजाहरूमा केही अनिश्चितता रहेको बताउँछन् । ‘मुख्य कुरा पूरै विश्वका लागि अहिले र भविष्यमा पनि खोप आवश्यक छ,’ उनले भने ।

पछिल्लो समय बेलायतका साथै फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, आयरल्यान्ड, हंगेरी, ग्रिस, फिनल्यान्ड, पोल्यान्ड, टर्कीलगायत देशमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलायतमा मात्र ओमिक्रोन संक्रमितको संख्या २४ हजार ९ सय ६८ पुगेको छ । तीमध्ये १० हजार जना पछिल्लो २४ घण्टाको अवधिमा थपिएका हुन् । अघिल्लो दिन ३ हजार २ सय १ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका थिए । यो संख्या अझै धेरै हुन सक्छ किनकि सबै प्रयोगशालाहरूले ओमिक्रोन पत्ता लगाउन सक्दैनन् भने कैयौं मानिसले परीक्षण नै गराउँदैनन् ।

संक्रमितको संख्या बढ्दै गएपछि बेलायतलमा खोपको बुस्टर डोज लगाउने कार्य तीव्र पारिएको छ । जसका कारण मानिसहरूमा भाइरससँग लड्ने एन्टिबडीको तह उच्च हुने र त्यसले भाइरसको मात्रा बढ्न तथा कोषहरूमा प्रवेश गर्न रोक्छ । बेलायतमा शुक्रबार हालसम्मकै उच्च ८ लाख ६१ हजार ३ सय ६ जनालाई खोपको बुस्टर मात्रा दिइएको बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै, फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सले ओमिक्रोनको संक्रमण ‘बिजुली चम्केको गतिमा’ रहेको बताएका छन् । बेलायतमाथि यात्रा प्रावधानहरू कडा पार्नुअघि बोल्दै कास्टेक्सले संक्रमणको अवस्था यस्तै रहेको खण्डमा सन् २०२२ को सुरुमा स्थिति भयावह हुने बताए । त्यस्तै, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्डलगायतले पनि यात्राका नियमहरूमा कडाइ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah