सर्लाही : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ।

लालबन्दी नगरपालिका–९, बस्तीपुरमा सोमबार बिहान दुर्घटनामा ट्रकको ठक्करबाट जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १७ वर्षीय दीपेन्द्रकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।

चन्द्रनगर गाउँपालिका–१, रतनपुरका दीपेन्द्र लालबन्दीमा भाडाको कोठामा बस्दै आएका थिए।

सोमबार बिहान ट्युसन पढ्न जाँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको प्रहरी निरीक्षक थापाले बताए। सडक पार गर्न खोज्दा ट्रकले ठक्कर दिएको बताइएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नमुना अस्पताल हरिवन पुर्‍याइए पनि चिकित्कसले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah