काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सिप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।

सिप्यानले विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ खेलाडीको मनोबल उच्च बनाइ राख्न ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा खेलाडीले उठाएको माग सम्बोधन गर्नुको साटो क्यानले कारबाही गरेर क्रिकेट विकासमा अवरोध पुर्याएको उल्लेख गरिएको छ ।

‘खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको साटो उनीहरुमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ’– विज्ञप्तिमा भनिएको छ।

वर्गीकरण जस्तो महत्त्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकर अवलम्बन गर्दै त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाउन पनि सिप्यानले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah