सोनी र मार्भल स्टूडियोको ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान राखेको छ । विवरण र वितरकले दिएको जानकारी अनुुसार फिल्मले सुरुआती दुई दिनमै २ करोड २५ लाख ग्रस कलेक्सन गरेको हो । आइतबारको सार्वजनिक बिदाको कमाइ जोड्दा फिल्मको पहिलो सप्ताहन्तको कूल कमाइ सवा तीन करोड नेरु ग्रस हुने अपेक्षा छ ।

रिलिजअघि नै ७६ लाख अग्रिम टिकट विक्री गरेर अहिलेसम्मकै प्रि-सेल टिकेटिङको कीर्तिमान राखेको फिल्मको पहिलो दिनको कमाइ झन्डै १ करोड ग्रस बताइएको छ । अपेक्षा अनुसार नै शनिबारको कमाइमा उछाल आउँदै एक करोडभन्दा बढी ग्रस कलेक्सन छ ।

स्पाइडरम्यानले एभेन्जर्स : एन्डगेमको दुई दिने कमाइलाई पनि उछिनेको बताइएको छ । मार्भलकै एन्डगेमले लकडाउनअघि दुई दिनमै २ करोड १५ लाख ग्रस कमाइ गरेको थियो ।

वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक जेनिश पहारी र फिल्मको कारोबारमा संलग्न अन्य निकायले पनि दुई दिने कमाइको पुष्टि गरे । थ्रीडी प्रविधिमा रिलिज भएकाले पनि स्पाइडरम्यानको कमाइमा बढोत्तरी देखिएको हो ।
‘सात वर्षमा पहिलोपटक यस्तो कमाइ देख्न पाएँ । मैले हल संचालनमा ल्याएपछि पहिलोपटक यस्तो भव्य कमाइ भयो’ क्यूज सिनेमाज् प्रमुख सुमित मैनालीले नेपाल प्रेसलाई भने, ‘अझै केही साता स्पाइडरम्यानले राम्रो कमाइ गर्नसक्छ ।’

क्यूएफएक्स प्रमुख तथा रेगल सिनेमाज्का प्रमुख नकिम उद्दिनले स्पाइडरम्यानले वितरकलाई मात्र नभएर चलचित्र घर र उद्योगलाई नै फाइदा पुगेको बताए । ‘महामारीले थलिएको उद्योगलाई यसले चलायमान बनाउने काम गरेको छ’ उद्दिनले नेपाल प्रेसलाई भने, ‘ब्रान्डको कारणले पनि यसले राम्रो कमाइ गर्न सकेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah