डाेटीमा भालुकाे आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छन् ।

जिल्लाकाे केआइसिंह गाउँपालिका-४ वायलमा जंगली भालुले आक्रमण गर्दा ३८ वर्षीया पपी विष्ट गम्भीर घाइते भएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बासकाेटा बाेकडाडामा घाँस काट्न गएकाे बेलामा उनलाई विष्टलाई भालुले आक्रमण गरेकाे थियाे। भालुकाे आक्रमणबाट उनकाे टाउकाे,छातीलगायत शरीरका अन्य भागमा पनि चाेट पुगेकाे छ ।

घाइते विष्टकाे दिपायलमा उपचार भइरहेकाे छ ।