अफ्रिकी मुलुक घानाको संसदमा एक विधेयकको विषयमा विवाद हुँदा सांसदहरूबीच हानाहान भएको छ।

सदनमा पेश भएको इलेक्ट्रोनिक कारोबार कर विधेयकको विषयमा सोमबार सत्तारूढ न्यू प्याट्रोइटिक पार्टी र प्रतिपक्षी दल नेशनल डेमोक्रेटिक कंग्रेसका सासंदहरूबीच झडप भएको हो। केही हप्तायता त्यही विधेयकले सदन विभाजित भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

मोबाइलमार्फत् गरिने कारोबारहरूमा १.७५ प्रतिशत इ-लेबी राख्ने विधेयक सत्तारूढ दलले पेश गरेको छ। तर प्रतिपक्षी दलले त्यसको विरोध गर्दै आएको छ।

उपसभामुख जोसेफ ओसेइ-ओवुसुले सदनमा करसम्बन्धी विधेयकमा छलफल हुने र मतदान हुने बताएका थिए। उनले विधेयकको पक्षमा मतदान गराउन खोजेको भन्दै सासंदहरू उपसभामुखको चेम्बर अगाडि जम्मा भएका थिए।

त्यत्तिकैमा केही सासंदहरूले धकेलाधकेल र मुक्का हानाहानसमेत गरेका थिए।

अर्थमन्त्री केन ओफोरी-अट्टाले लेबीले गर्दा सन् २०२२ सम्म करको दायरा फराकिलो हुने राजश्व बढ्ने तर्क गरेका छन्।

विपक्षी सासंदहरूले यो विधेयक पास भए कम आय भएका व्यक्तिहरूलाई असर गर्ने बताएका छन्।

अर्थमन्त्री अट्टाले यस बारेमा सरोकारवालाहरूसँग थप कुराकानी गर्ने बताएका छन्।

Ghana Parliament breaks out into fight over the passing of the controversial E levy Bill pic.twitter.com/XnEwa901EM

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah