अमेरिकी नौसेनाको समूहले ठूलो संख्यामा हातहतियार बरामद गरेको छ। अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको अवस्थामा अमेरिकी नौसेनाले हतियार बरामद गरेको हो।

तस्करहरुले अबैध रुपमा ठुलो संख्यामा हातहतियारहरु यमन पुर्‍याउन लागेको सुचना पाएसँगै अमेरिकी नौसेनको टोली ईरान पुगेको थियो। सो सुचनापछि नौसेनाले सोमबारदेखि अरबियन सागर क्षेत्रमा छापा मार्न सुरु गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त क्रममा नौसेनाले समुद्री किनार नजिकै १४ सयभन्दा बढि कलस्निकोभ शैलिको राइफल र २ लाख २६ हजार ६ सय थान बारुद फेला पारेको अरब न्युजमा खबर छ।