काठमाडौं- भारतले गुजरातमा हुने लागेको भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्ता पठाइएको छ।

गुजरातको गान्धीनगरमा सन् २०२२ को १० देखि १२ सम्म भाइब्रेन्ट ग्लोबल समिट हुन लागेको हो। उक्त समिटका लागि प्रधानमन्त्री देउवालाई पनि निम्तो आएको निर्वतमान सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन दिनसम्म चल्‍ने सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन्। 'आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत' नारा दिइएको उक्त सम्मेलनमा विभिन्‍न मुलुकका प्रमुखहरुलाई निम्ता पठाइएको भारतले जनाएको छ।

पहिलो भाइब्रेन्ट गुजरात समिट सन् २००३ मा आयोजना गरिएको छ। गुजरात भाइब्रेन्ट नामक समिटमा देउवालाई निम्ता अाएकाे छ रे।