वाग्मती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख यादव शर्माले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रवार बेलुकी शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । आज थपिएका मन्त्रीहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल रहनुभएको छ । यस्तै राज्यमन्त्रीहरूमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छ रहनुभएको छ ।

यससँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र चार जना राज्यमन्त्री गरी १८ जना मन्त्री भएका छन् । आज नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरू सत्तागठबन्धको दल नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका हुन् । मुख्यमन्त्री पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय