काठमाडौं– विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै एयरलाइन्स कम्पनीहरूले हजारौं उडान रद्द गरेका छन्।
शनिबार रद्द गरिएका उडानहरूमध्ये ८०० भन्दा बढी अमेरिकी एयरपोर्टमा अवतरण वा उडान गर्ने तालिका थिए।
फ्लाइटअवेयर नामक वेबसाइटका अनुसार आइतबार पनि सयौं उडानहरू रद्द हुनेछ। उडान सञ्चालनका लागि आवश्यक स्वस्थ्य व्यक्तिको अभाव भएको र आफ्ना कर्मचारीलाई पनि संक्रमणको चपेटामा परेको वायुसेवा कम्पनीहरूले बताएका छन्।
युरोपमा ओमिक्रोन भेरियन्टको फैलावट रोक्नको लागि विदेशी उडानहरू कम गरिएको छ। यस्तो अवस्थामा हवाई उडान प्रभावित हुने निश्चित छ ।
अहिले अमेरिका र युरोपमा कोरोनाको नयाँ संक्रमण तीव्र गतिमा फैलिएको छ।










