नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशमा चुनाव जित्नु नेपाली कांग्रेसका लागि जीवन मरणको सवाल भएको बताएका छन् । दुई चरणमा सम्पन्न भएका चुनावमा कांग्रेसले व्यहोरेकोे क्षतिपूर्ति २ नम्बर प्रदेशबाट लिनुपर्ने उनले बताए ।

कांग्रेस प्रदेश नम्बर २ का नेता कार्यकर्ताको भेलालाइं बिहीवार काठमाडौंमा सम्बोधनगर्दै देउवाले प्रदेश नम्बर दुइमा कांग्रेस पहिलो पार्टी बन्नु पर्ने बताएका हुन् ।

‘यसअघि ठाउँठाउँमा अन्तरघात भयो, अन्तरघात गराउने माथि तुरुन्तै कारबाही हुन्छ’ देउवाले भने, ‘पार्टीमा बस्ने टिकट पाएन भनेर अन्तरघात गर्ने ? टिकट पाएन भनेर अन्तरघात गर्न पाइन्छ ?’

देउवाले आफूलाई भेट्न आउँनेजति सबैले आफूले चुनाव जित्ने दावी गर्ने गरेको सुनाए । उनले दुई नम्बर प्रदेशमा तोकिएको समयमै चुनाव हुने बताए । राजपासँग पनि कुरा भइरहेको र राजपा चुनावमा सहभागि हुने देउवाले विश्वास गरे ।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघात भएकोले धेरै ठाउँमा चुनाव हारिएको बताए । ‘म अहिले सभापतिलाई भन्न चाहन्छु ।

यो कुरा भित्रि कोठामा पनि भनेको छु । पार्टीमा अन्तरघात भएकै हो । यसको जिम्मा लिने कि नलिने ?’ पौडेलले भने ‘सभापतिकै मान्छेबाटै अन्तरघात भएको छ ।‘

पौडेलले आफू समावेशरी र समानुपातिकको पक्षमा रहेपनि पार्टी समावेशी नभएको आरोप लगाए । उनले टिकट वितरण पनि गुटको आधारमा भएको दावी गरे ।

‘सिधै केन्द्रमा नेतालाई भनसुन गरे टिकट दिइने रहेछ । तर यो गलत छ । जनताले चिनेको लाई पो टिकट दिने हो त’ पौडेलले भने । पौडेलले राजपालाई धेरै पर्खेर बस्न नहुने बताए ।

नेता कृष्णप्रसाद सिटौलाले पार्टी भित्रको अन्तरघातले पार्टी पछि परेको भन्दै यसलाई गम्भीर रुपमा लिइनुपर्ने बताए । ‘कांग्रेसलाई कांग्रेसले नै हराएको छ’ सिटौलाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah