काठमाण्डाै – ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु रहेका बीबीसीले जनाएको छ ।
मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो ।
टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना सवार थिए । एसियन सागर मुख्य गरी ग्रीस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक हो । तर सन् २०१५ देखि शरणार्थीहरुले यो मार्गको प्रयोग गर्न छाडेका थिए ।
गएको बिहीवार र बुधवार पनि डुङ्गा डुबेका थिए । सन् २०२१ मा ग्रीसले एक हजार ४ सय ५० खोज तथा उद्धार अभियानमार्फत २९ हजार भन्दा बढी मानिसको उद्धार गरेको जनाएको छ ।