समाजमा ठूलो खाडल छ । गरिब गरिब नै छ । धनीसँग यति धेरै रकम छ की कल्पना गर्न समेत सकिन्न ।

भारत, उत्तर प्रदेशको कानपुरमा परफ्युम (अत्तर) व्यापारी पियुष जैनमाथि आयकर विभागको छापा अझै जारी छ । ति व्यापारीसँग यति धेरै नगद फेला पर्यो कि अहिलेसम्म नोटको गन्ती हुन सकेको छैन ।

भारतको आयकर विभागले जैनको घरमा धेरै नोटहरू फेला पारेको छ । यी नोट गणना गर्न ८ वटा मेसिन जडान गरिएपनि गन्ती अझै सकिएको छैन ।

यसैबीच डीजीजीआईको टोलीले व्यापारी पियुष जैनका छोरा प्रत्युष जैनलाई सोधपुछका लागि अर्को ठाउँमा लगेको छ ।

बिहीबार, जीएसटी इन्टेलिजेन्सको महानिर्देशालय अर्थात डीजीजीआई र आयकर विभागले कन्नौजका अत्तर व्यापारी पियुष जैनको घरमा छापा मारेको थियो । त्यस क्रममा यति धेरै पैसा भेटियो कि नोट गणना गर्न मेसिन मगाउनु पर्यो ।

केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका अध्यक्ष विवेक जोहरीले अहिलेसम्म करिब भारु १५० करोड रुपैयाँ अर्थात नेरु २,४०३,७२१,५८४ बरामद भएको बताएका छन् ।

अहिले पनि नोट गणना जारी रहेको उनले बताए । यो छापा मारेको २४ घण्टाभन्दा बढी भइसकेको छ ।

घरभित्रै टोलीले नोट गन्ने काम गरिरहेको छ । बिहीबार ६ वटा नोट काउन्टिङ मेसिन बोलाइए पनि नोटको बन्डल यति धेरै छ कि मेसिन कमजोर भयो । त्यसपछि थप दुईवटा मेसिन मगाइयो ।

८ वटा मेसिनको सहयोगमा टोलीले नोट गन्ने काम गरिरहेको भएपनि हालसम्म गणना भइरहेको छ । छापा मार्दा हालसम्म पियुष जैनको घरबाहिर नोटले भरिएको ६ वटा बाकस राखिएको छ ।

यी सबै स्टिलका ठूला बाकसमा नोट भरेपछि आयकर विभागको टोलीले साथमा लैजान्छ । पीएसीलाई पनि नोट लिनका बोलाइएको छ । छापा मार्ने प्रक्रिया अझै जारी छ । जीएसटी इन्टेलिजेन्सको अहमदाबाद इकाईले एक बयान जारी गरेको छ ।

जारी विज्ञप्तिमा एजेन्सीले घरमा छापा मार्दा नोटका बन्डलहरू बरामद भएको जनाएको छ । कानपुरको एसबीआई बैंकका अधिकारीहरूको सहयोगमा गणना भइरहेको छ ।

बरामद नगद १५० करोडभन्दा बढी हुन सक्ने एजेन्सीले अनुमान गरेको छ । एजेन्सीले अहिले उक्त नगद जफत गर्ने तयारी गरिरहेको छ ।

पियुष जैन कन्नौजको इत्रवाली गलीमा परफ्युमको व्यापार गर्छन् । उनको कन्नौज, कानपुर र मुम्बईमा कार्यालयहरू छन् ।

आयकरले ४० भन्दा बढी यस्ता कम्पनी फेला पारेको छ, जसमार्फत पियुष जैनले आफ्नो परफ्युम व्यवसाय चलाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय