निलम्वित आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माको पक्षमा वकालत गरेपछि सामाजिक सन्जालमा आलोचित बनेका चर्चित अधिवक्ता डा भीमार्जुन आचार्यले आफ्नो बचाउ गरेका छन ।
सामाजिक सन्जालमा आएका आलोचनाको उपचार केही नहुने भन्दै आचार्यले आलोचनावाट खिन्न र दुःखी हुनु आवश्यक नरहेको प्रतिक्रिया दिए । नेपाल जर्नलसँगको संक्षिप्त कुराकानीमा आचार्यले स्पष्ट रुपमा भने कार्नूनी राज्य भएको मुलुकमा कसैलाई अभियोग लागेपछि ढुंगाले हानेर मार्नु भएन’ ।
शर्मा परिवारले अति नै आग्रह गरेपछि आफूले सो मुद्धामा हात हालेको बताउदै आचार्यले अगाडि भने ‘अभियोग प्रमाणित गर्ने अन्तिम निकाय अदालत नै भएकोले अभियोगको आरोपीको पक्षमा वहस नै गर्न नमिल्ने भने होइन ।’
गंभीर अपराधमा संलग्न व्यक्तिको पक्षमा वहस गर्ने कि नगर्ने भन्ने विषय कानून व्यवसायीको व्यक्तिगत तजवीजको अधिकार भएपनि वहसै गर्न नमिल्ने भन्ने चाहि नहुने विश्वव्यापी मान्यता रहेको छ ।
कर फर्छ्याेट आयोगको ऐनभित्र रहेर गरिएको कर मिनाहाका विषयमा अख्तियारले क्षेत्राधिकार नाघेर विशेष अदालतमा मुद्धा हालेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रीट हालेकी थिइन् ।
सो रीटमाथि शर्माका पक्षबाट आचार्यले वहस गरेका थिए । समसमायिक विषयमा सटीक टिप्पणी गरेर चर्चामा आएका आचार्य गीत संगीतमा रुचि राख्ने भएकाले उनका शुभेच्छुकको संख्यापनि निकै रहेको छ ।
करिव तीस अर्बको कर वक्यौतामाथि सम्वोधन गर्दा आयोगले ९ अर्व रूपैयाँ मात्र राज्यकोषका पठाउने र बाँकी २१ अर्ब छुट दिने निर्णय गरेको थियो । विना आधार ठूलो रकम छुट दिँदा गम्भीर अपराध भएको र त्यो अपराधलाई कानूनले उन्मुक्ति दिन नसक्ने भन्दै अख्तियार, शर्मा विरुद्ध विशेष अदालत पुगेको थियो ।



