काठमाडौं, पुस १४ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मङ्गलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ ।

झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी छ । विभागले तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ । एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ । विभागले नयाँ आवेदन खुला गरिरहेको छ ।

विभागका प्रवक्ता डा लोकनाथ भुसालले भने, “बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ हुनेछ । आवेदन दिएकामध्ये २५र३० प्रतिशतले ट्रायल पास गर्छन् । अब थप सात लाख प्रति लाइसेन्स आए पनि सेवा दिन सकिन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah