काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

गुरुङ समुदायले मान्ने तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने प्रस्तावलाई गृहमन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले ल्होसारको अवसरमा बिदा घोषणा गर्ने तयारी गरेको गृह मन्त्रालयको स्रोतको भनाई छ ।

तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष आरम्भ हुने दिन मानिन्छ ।