अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको संसद्को पुरानो भवनमा बिहीवार आगजनी गरिएको छ ।

आदिवासीहरूको सार्वभौमसत्ताको माग गर्दै गरिएको प्रदर्शनका क्रममा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगजनीमा कोही घाइते भएको छैन । आगोले संसद् भवनको अघिल्लो भागको ढोका ध्वस्त पारेको थियो । पछि आगो निभाइयो ।

उक्त स्थानमा विगत १५ दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शनका क्रममा यस किसिमको हिंसा अस्ट्रेलियामा दुर्लभै हुन्छ ।

केही प्रदर्शनकारीहरूले आफूलाई सरकारविरोधी र सार्वभौम नागरिक समूह घोषणा गरेको पर्यवेक्षकहरू बताउँछन् ।

प्रधानमन्त्री स्कट मोरिसनले हिंसाको भर्त्सना गरेका छन् ।

आगो लागेपछि उक्त भवनका कामदारहरूलाई तत्कालै बाहिर निकालिएको थियो ।

भवनमा म्युजियम अफ अस्ट्रेलियन डेमोक्रेसी राखिएको छ । आदिवासी प्रदर्शनकारीहरूले शान्तिपूर्ण धर्ना थालेपछि डिसेम्बर २० मा भवनको ढोका बन्द गरिएको थियो ।

https://twitter.com/RT_com/status/1476481937669689346?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1476481937669689346%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F167403%2F2021%2F12%2F30%2Finternational%2Faustralia