सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् ।केही साताअघि सेनासँगको एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् ।अक्टोबरमा सेनाले शक्ति हातमा लिएर हमदुकलाई घरमै नजरबन्दमा राखेको थियो । तर, कु गर्ने सेनासँग शक्ति बाँडफाँडमा सम्झौता गरेपछि उनी पुनः प्रधानमन्त्री भएका थिए । प्रदर्शनकारीले सम्झौताको विरोध गर्दै नागरिक शासन माग गर्दै आएका थिए । दुई जनाको मृत्यु हुने गरी भएको प्रदर्शनको भोलिपल्ट उनले राजीनामा दिएका हुन् ।

एउटा टेलिभिजन सम्बोधनमा हमदोकले सुडान खतरनाक मोडमा पुगेको र यसले देशको अस्थित्व जोखिममा पारेको बताए । आफूले देशलाई विपदबाट जोगाउन धेरै प्रयास गरेको उनले दाबी गरेका छन् ।सन् २०१९मा व्यापक विरोधपछि लामो समय सुडानको नेतृत्व गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएसँगै राजनीतिक दल र सेनाले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गरेका थिए ।सेनासँगको साझेधारीको सर्वसाधारणले विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah