रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित घुसदुङमा हिउँमा फसेका १४ जना मजुदरको सोमबार दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ ।बाटो निर्माण गर्नेक्रममा भारी हिमपताका हप्तादिन यता हिउँमै फसेका १० पुरुष र चार महिला गरी १४ जना स्थानीय मजदुरलाई नेपाली सेनाको हेलिकप्टरबाट सोमवार दिउँसो दुई बजे उद्धार गरिएको हो ।प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाका अनुसार हिउँमा फसेर हप्तादिन यता ओढारमा बसेका अवस्थामा हेलिकप्टरबाट चार खेपमा गरी उनीहरुको उद्धार गरिएको हो ।

वडाको बाटो निर्माण गर्न पुगेर हिउँमा फसेका स्थानीय मजदुरहरुलाई उद्धार गरेर उनीहरुकै गाउँ पेल्मा पठाइएको छ । उनीहरुको अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले अनलाइनखबरलाई बताए ।वडा नं. २ मा घोडेटो बाटो निर्माणका क्रममा पुगेका गत पुस १३ र १४ गते परेको भारी हिमपातका कारण हप्तादिन यता भारी मात्रामा हिमपात फसेका थिए । आइतवारमात्रै मजदुरहरु अलपत्र परेको सूचना प्राप्त भएपछि उद्धारका लागि हेलिकोप्टर पठाइदिन गृहमन्त्रालयमा आग्रह गरिएको थियो ।

सोही अनुरुप सोमवार नेपाली सेनाको हेलिकष्टर आएपछि उनीहरुको उद्धार गरिएका प्रजिअ बास्कोटाले बताए ।हिउँमा फसेका जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन गरीलाई उद्धार गरिएका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah