दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ७ बजे पहिरो गएको हो। मंगलवार बिहानसम्म ८ जना मानिसको उद्दार गरिएको छ। तीमध्ये तीन जनालाई उपचारका लागि अस्पताल पुर्याइएको छ। उनीहरुको अवस्था स्थिर रहेको छ। निकालिएका ५ जनाको मृत्यु पुष्टि भएको छ। सात सय २० जना आपतकालीन उद्धार कर्मचारी पहिरो पन्छाएर मानिसको उद्धारका लागि खटेका छन्। उनीहरुले बेपत्ताको खोजीलाई प्राथमिकतामा राखेका छन्।
पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



