निर्माणको झन्डै ४ वर्षपछि चीनकै लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ । १०.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ । यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ । जियाङसुका सरकारी अधिकारीहरुका अनुसार सुरुङ ९.९ अर्ब युआन अर्थात् १.५६ अर्ब डलरमा निर्माण भएको हो । निर्माण कार्य २०१८ को जनवरी ९ मा सुरु भएको थियो । दोहोरो बाटो भएको सुुरुङको निर्माणका लागि २० लाख घन मीटरको कंक्रिट बिच्छाइएको थियो । यसमा ६ लेन छ भने १७.४५ मीटर चौडा रहेको चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले जनाएको छ । सुरुङको सिलिङमा रङ्गीचङ्गी एलईडी बत्ती राखिएका छन् । चालक नथाकुन् भन्ने उद्देश्यले यस किसिमको ढाँचा तयार पारिएको हो । यो सुरुङ ४३.९ किलोमीटर चाङझोउ–वुसी हाइवेको एक अंश हो । यो २०२१ को ३० डिसेम्बरम सर्वसाधारणका लागि खुलेको थियो । यसले सांघाई र नानजिङबीचको यात्रालाई वैकल्पिक मार्ग दिने छ ।
सुझोउ, उसी र चाङझोउ जोड्ने यो सुपरमार्गलाई लेक ताइहुसँगैका सहरहरुमा सवारी चाप नियन्त्रण गर्नका लागि बनाइएको हो । यसले याङजे रिभर डेल्टा क्षेत्रका सहरहरुको आर्थिक विकास प्रवद्र्धनका लागि सहयोग पनि गर्नेछ ।विश्वकै लामो पानी मुनीको राजमार्ग सुरुङ नर्वेको १४.३ किलोमीटरको जुम्ल्याहा सडक रिफास्ट टनेल हो । टोकियो बे अक्वा–लाइन पानी मुनीको सुरुङ प्रबद्र्धनका लागि टोकियो बे पनि चर्चामा रहदै आएको छ । यो ९.६ किलोमीटर लम्बाइको रहेको छ । सामान्य रुपमा पानी मुनीको सुरुङको जस च्यानल टनेललाई जान्छ । यसले बेलायत र फ्रान्सलाई रेलको माध्यमबाट जोड्ने काम गर्छ ।



