काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्र्याभिटेशनको थ्योरी न्युटनभन्दा अघि पत्ता लगाएको भन्दै नेपालका पूर्वज (दार्शनिक)हरुसँग कसैको तुलना हुनै नसक्ने दाबी गरेका छन् । संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार बालकोट निवासको भेटघाटमा अध्यक्ष ओलीले सभ्यता, इतिहास र संस्कृति सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा यस्तो दाबी गरेका हुन् ।

‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । सभ्यताको विकास यहाँ भएको थियो । पछि अन्त छरियो । एक ठाउँमा आगो लगाएपछि ज्योति त परपर गइहाल्छ नि त ! यहाँ आगो बालियो अन्त ज्योति फैलियो । पछि आगोको झिल्का लिएर जानेहरु प्रमिथास भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाको एउटा प्रमिथास भन्ने काव्य छ नि । हाम्रो ठाउँको आगोमाचाहीँ दाउरा थप्ने नि कोही भएन, घ्यू थप्ने नि कोही भएन, निभेर गयो ।’

अध्यक्ष ओलीले ग्र्याभिटेसनको थ्योरी पत्ता लगाउने भाष्कर आचार्यको कुनै कुरा नहुनुमा दुःख व्यक्त गरेका छन् । ‘त्यसकारण हाम्रो ज्ञानचाहीँ पछाडि पर्यो, अरुका ज्ञानचाहीँ अगाडि पर्यो । अनि इतिहासचाहीँ ग्यालिलियोले यसो गरे, न्युटनले ग्र्याभिटेसनको थ्योरी पत्ता लगाए । भाष्कर आचार्यको कुरै छैन,’ उनले भने, ‘अरु विद्धानहरुको त कुरै छैन । फस्र्ट फिलोसोफर को थिए भन्दाखेरी सुकरात, सुकरातभन्दा हजार वर्षअघि अष्टबक्रजस्ता फिलोसोफरहरु तिनको त कुरै छैन ।’

यसैगरी नेपाल नेपाल ज्ञान, देव र पुण्य भूमी रहेको भन्ने सन्दर्भमा पनि उनले धारणा राखेका छन् । ‘यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन–यो ज्ञान भूमि हो, पुण्य भूमि हो । देव भूमि हो । ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरुको सृजना, तिनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं । त्यसलाई जोगाउनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah