काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको जानकारी गराएका हुन् ।त्यस्तै बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय गरेको छ ।
यसका साथै राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ भने राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।बैठकले गृहमन्त्रालयको लागूऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागूऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।



