अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी भएको आरोप लगाएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान कंग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणका लागि आफ्ना पूर्ववर्ती जिम्मेवार भएको आरोप लगाएका हुन् । बाइडेनले भने‚ ‘हाम्रो इतिहासमै पहिलो पटक एक राष्ट्रपतिले चुनावमात्र हारेका थिएनन्‚ उनले हिंसात्मक भीड क्यापिटलमा पुर्‍याएर शान्तिपूर्ण रूपमा हुन लागेको सत्ता हस्तान्तरण रोक्न असफल प्रयास समेत गरे । हामी सबैले यस्तो आक्रमण अब कहिल्यै नदोहोरियोस् भन्ने कामना गरौँ ।’
बाइडेनले के साँचो र के झुटो हो भन्नेबारे सबै जना स्पष्ट हुन जरुरी रहेको बताउँदै जसले सिद्धान्तभन्दा शक्तिलाई महत्व दिन्छ‚ उसका लागि अमेरिकाको हितभन्दा निजी स्वार्थ बढी महत्वपूर्ण छ भन्ने बुझ्नुपर्ने बताए । ‘त्यस्तै व्यक्तिबाट यस्ता हर्कतहरू हुने गर्छन्‚’ उनले भने ।
ट्रम्पविरूद्ध टिप्पणी गर्दै बाइडेनले भने‚ ‘उहाँ आफूले हारेको स्वीकार्नुहुन्न । ९३ जना सिनेटर, उहाँका आफ्नै महान्यायाधिवक्ता, उहाँका आफ्नै उपराष्ट्रपति, गभर्नरहरू र राज्यका अधिकारीहरू सबैले उहाँ हार्नुभएको स्वीकारे तर उहाँ अझै सो कुरा स्वीकार्न चाहनुहुन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah