
साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा ३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको करिब पौने घण्टाको अवधीमा मध्य भोटेकोशी सहित तीन कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको हो । मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु.२८५ पुगेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य ५००.२० र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.३३५ पुगेको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया


