म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय सुनाइएको छ । म्यानमारी सेनाले सञ्चालन गर्दै आएको एक अदालतले कम्तिमा ३ वटा अभियोगमा दोषी ठहर गर्दै सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उनलाई अनाधिकृत रुपमा वाकी टकी प्रयोग गरेको र कोरोना भाइरससम्बन्धी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा २-२ वर्ष जेल सजाय सुनाइएको हो । सेनाले गत फेब्रुअरीमा भएको ‘कू’पछि ७६ वर्षीया सुकीलाई नियन्त्रणमा लिएर झण्डै १ दर्जन अभियोग लगाएको थियो । तर सुकीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन् । सुकीमाथि लगाइएका अभियोग राजनीतिक प्रेरित भएको सैनिक शासनका आलोचकहरू बताउँछन् । यदि सबै अभियोगमा दोषी पाइएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने अलजजिराले जनाएको छ । गत महिना समेत प्रदर्शन उक्साएको र कोभिड-१९ सम्बन्धी प्रोटोकल उल्लंघन गरेको आरोपमा ४ वर्षको जेल सजाय सुनाइएको थियो । तर सैनिक नेतृत्वले पछि उक्त सजाय कटौती गरी २ वर्षमा झारेको थियो ।
आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८

आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##अन्तराष्ट्रिय

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



