कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको अनयाङमा ५० लाख मानिसलाई घरबाट निस्कन निषेध गरिएको छ । नयाँ लकडाउन ओमिक्रन प्रजातिको भाइरस फैलन नदिन गरिएको जनाइएको छ ।

यसअघि १ करोड ३० लाख बासिन्दा भएको चीनको सियान शहरमा लकडाउन गरिएको थियो । चीनका विभिन्न शहरमा लकडाउन गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चीनले कोरोना भाइरस फैलन नदिन कडा नीति लिदै आएको छ । यसमा उसले सफलता समेत हासिल गरेको छ । तर, फेरि संक्रमण फैलिन थालेको छ ।