काठमाडौं। पहिलो लकडाउनका बेला १ सयभन्दा बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन थप तनावमा परेका छन् ।बाहिरिएको एक इमेलमा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयका १ सयभन्दा बढी कर्मचारीलाई बेलायतमा पहिलो पटक भएको लकडाउनका बेला एक भोज (पार्टी) लागि आफै रक्सी लिएर आउन भनिएको छ । उक्त इमेल मे २०२० मा कर्मचारीलाई पठाइएको थियो ।

प्रधानमन्त्री कार्यालयभित्रको बगैचामा भएको भोजमा जोनसन र उनकी श्रीमती क्यारीसहित झण्डै ४० जना सहभागी भएको बताइन्छ । रक्सीसहितको उक्त भोजका बेला बेलायतमा पहिलो पटक लकडाउन गरिएको थियो ।तर बाहिर हुने जमघटमा २ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम लागू गरेर कार्यालयभित्रै भोज गरेको इमेल बाहिरिएपछि जोनसनको थप आलोचना भएको छ ।सरकारी अधिकारीले आफैं कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियम पालना नगरेको तथ्य बाहिरिएपछि जनआक्रोश समेत बढेको छ । जोनसनको नेतृत्वमा रहेको सरकारले भने कोभिड-१९ का मापदण्ड उल्लंघन नगरेको बताउँदै आएको छ ।

हाल वरिष्ठ सरकारी अधिकारी सु ग्रेइले मे २० मा भएको उक्त भोज कार्यक्रमको छानबिन गरिरहेकी छन्। लण्डन प्रहरीले समेत प्रधानमन्त्री कार्यालयको सम्पर्कमा रहेको जनाएको छ ।यसैबीच, प्रधानमन्त्रीसहित वरिष्ठ अधिकारीहरूले कोभिड-१९ सम्बन्धी प्रतिबन्धात्मक नियम उल्लंघन गर्दै विभिन्न खाले जमघट गरेको तथ्य बाहिरिएपछि विपक्षी नेताहरू जोनसनमाथि खनिएका छन् । लेबर पार्टीले जोनसनमाथि कोभिड-१९ सम्बन्धी निमय बेवास्ता गरेको आरोप लगाएको छ ।

‘बोरिस जोनसनले बाँकी मानिसका लागि आफैंले ल्याएका नियमलाई निरन्तर बेवास्ता गरिरहेका छन्’, लेबरकी उपनेता एंगेला रेनरले भनिन् । त्यस्तै, लिबरल डेमोक्रेटका नेता सर इड डेभीले प्रधानमन्त्री कार्यालयमा भएको भोजले महामारीका बेला धेरै कुरा त्याग गरेका मानिसको अपमान गरेको बताए ।‘यो अधिकांश मानिसले नियम पालना गरिरहेका बेला नं १० (प्रधानमन्त्री कार्यालय) का कर्मचारीले भने उल्लंघन गरेको थप प्रमाण हो’, डेभीले भने । मे २० को भोजसहित प्रधानमन्त्री कार्यालयमा भएका अन्य जमघटको छानबिनका क्रममा सु ग्रेइले जोनसनसँग समेत सोधपुछ गर्नुपर्ने उनको भनाइ थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah