काठमाडौं | वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन भएको छ। उनको आइतबार निधन भएको हो। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी डेपुटी डाइरेक्टरका रुपमा जिम्मेवारी सम्हालेकी डा खत्री अवकासपछि घरमै थिइन्। उनी प्रसूति तथा स्त्रीरोग समाजकी सदस्य समेत थिइन्।यस्तै ‘दाईको जन्मदिन आउनै लागेको थियो। जन्मदिन मनाउन घरमा जान्छु भन्थ्यो दाई। अब कहिल्यै नफर्कने गरी गयो। अब हाम्रो कोही छैन। मैले नजानु दाई भनेकै थिए। शनिबार हो साथीहरुसँग जान्छु भनेर बिहानै हिडेको।’ बझाङ फलरा घर भै काठमाडौं भैसेपाटी बस्ने कोशिल्या विष्ट आइतबार महानगरीय प्रहरी वृत कालीमाटी परिसरमा भेटिँदा उभिन सकिरहेकी थिइनन्। परिसरमा नयाँ बनेको भवनको भुइतल्लामा उनी दाजु सम्झीएर निकै बेर भक्कानीइन्।

उनी भन्दै थिइन्, ‘मलाई केही थाहा थिएन, परीक्षा राम्रो भएकाले खुसि हुँदै कोठा फर्किएकी थिए। दाईलाई मनपर्छ भनेर मासु पकाएर राखेकी थिए। दाई आउँछ र सँगै खाना खाउँला भन्दै। मलाई कसले पढाँउछ ? मेरो कोही छैन अब।’शनिबार राती १० बजे काठमाडौं कलङी चोकमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दियो। बल्खुबाट कलङी जाँदै गरेको मोटरसाइकललाई थानकोटबाट कालीमाटीतर्फ जाँदै गरेको टिपरले कलङी चोकमा ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक बझाङ चैनपुर घर भै ललितपुर धोबीघाट बस्ने निखिल बम गम्भीर घाइते भएका छन्। भ्याली अस्पताल सुन्धारामा उनको उपचार भैरहेको छ।

मोटरसाइकलमा पछाडि बस्ने बझाङ फलरा घर भै हाल भैसेपाटी बस्ने २४ वर्षीय बसन्त विष्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका विष्टको उपचारका क्रममा शहिद मेमोरीयल अस्पतालमा राती नै मृत्यु भएको हो।
बसन्तको आमा धनगढीमा पसल चलाउँछिन्। बुवा रोजगारीको शिलशिलामा भारतमा छन्। दाजु बैनी काठमाडौंमा पढ्दै थिए। बैनी डिएभी कलेजमा ११ कक्षाको परीक्षा दिँदैछन्। बसन्त शंकरदेव क्याम्पसमा स्नातकमा पढ्दै थिए। सँगसँगै नेबीको कम्पनीमा मार्केटिङ गर्दे थिए। बसन्तकै कमाइकै भरमा जसोतसो दाजुबहिनी काठमाडौंमा टिकिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah