चीनको च्याङ्सु प्रान्तमा एउटा राँगो रेस्टुराँमा पसेर त्यहाँ उभिएका एक मानिसलाई सिंगले हानेर हावामा उडाएर पछारेको अनौठो भिडियो सार्वजनिक भएको छ ।
गत डिसेम्बर ३१ मा राँगो रेस्टुराँमा पसेको थियो र मानिसलाई लडाएको थियो ।
लडेका मानिसको गोडामा चोट लागेको छ । उनका साथीले उनलाई सुरक्षित स्थानमा लगेका थिए भने राँगो टेबल र कुर्सी लडाएर विध्वंस मच्चाउँदै भागेको थियो ।
घटनाको भिडियोमा दुईजना मानिस रेस्टुराँमा उभिरहेको देखिन्छ । एकजना पिइरहेका थिए भने अर्का फोनमा थिए । भैंसी रेस्टुराँको अगाडिपट्टि रहेको प्लास्टिकको पर्दाबाट पसेको थियो ।
राँगो चम्किलो ज्याकेट लगाएका मानिसतिर हान्निँदै पुगेको थियो ।
त्यसपछि उसले सिङ उज्याएर ती मानिसलाई लडाइदिएको थियो । उनी भुइँमा लडेपछि साथीले उनलाई सुरक्षित स्थानतिर घिसारेका थिए ।
एकछिन विध्वंस मच्चाएर राँगो जताबाट आएको हो, त्यतैतिर गएको थियो ।



