इन्डियन आइडल १२ को सबैभन्दा मनपर्ने जोडी अरुणिता कान्जिलाल र पवनदीप राजन रहेका छन् । उनीहरुको जोडीलाई औधी नै रुचाइएको थियो । अहिले आएर उनीहरुको सामाजिक सञ्जालमा विवाह भएको फोटो भाइरल भएपछि सबै छक्क परेका छन् ।उनीहरु दुवैलाई यसरी विवाहित जोडी बनेको देखेर उनीहरु खुसी र अन्योल दुबै भएको छ फ्यानहरुमा ।के यो जोडीले साँच्चिकै बिबाह गरेको हो त ? यसका बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौ । अरुणिता र पवनदीपको फ्यानक्लबमा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ, जसलाई देखेर उनीहरुको विवाहको अड्कलबाजी भइरहेको छ ।

यो तस्विर देखेर केही फ्यानहरु अचम्ममा परेका छन् तर धेरै फ्यानहरुको मन तोडेर यो तस्बिर नक्कली हो भनेका छन् ।यो फोटो सम्पादन गरिएको छ। यो फोटोसप गरिएको तस्विर देखेर खुसी नहुनुहोस्, अरुणिता र पवनदीपको यो तस्विर फ्यानमैड रहेको छ ।यसमा कुनै सत्यता छैन । न त यो तस्बिर उनको कुनै म्युजिक भिडियोको अंश हो । यस फेक फोटोमा पवनदीप र अरुणिताको पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया बाहिर आएको छैन । हालै पवनदीप र अरुणिताबीचको मनमुटावको कुरा बाहिर आएको थियो ।

अरुणिताले पवनदीप राजनको म्युजिक भिडियोमा काम गर्न अस्वीकार गरेपछि यो सबै कुरा बाहिर आएको थियो । यसअघि उनी काम गर्न राजी भएकी थिइन् । यी दुईबीच के बिबाद भएको हो भन्ने जानकारी भने अहिलेसम्म खुलेको छैन । पवनदीप र अरुणिताबीच सबै सम्बन्ध राम्रै रहेको खबर पनि उत्तिकै आई नै रहेको छ । दुवै आज पनि साथी नै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah