काठमाडौँ, महामारीको समयमा चार्टर फ्लाइटमा घोटला गर्नेलाई छानबिन गर्न मन्त्री आलेको ठाडो निर्देशन दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्नेनेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ ।मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् ।आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताएका छन् । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

थप समाचार :ललितपुरको गोदावरी जहाँ बिमला गर्भवती थिइन तर उनिसग बिवाह गरेका पोखराका ललित सुनार भने अर्कै केटि लिएर फरार भएका छन् ।ललितसग बिमलाले अन्तरजातीय बिवाह गरेकि थिइन । घर परिवारले उक्त बिवाहलाई स्विकार नगर्दा नगर्दै पनि बिमलाले ललितसग बिवाह गरेकि थिइन ।रुकुमकि १९ बर्षिया बिमला बुढाले ललितसग बिवाह गरेको मात्रै एक बर्ष भएको छ ।बिवाह गरेपश्चात बिमला गर्भवती भइन तर श्रीमती गर्भवती भएको खबर उनले पाउनासाथ उनले अरुनै केटि लिएर फरार भएका छन् ।उनी मात्रै चार दिनको सुत्केरि छिन् ।उनको काखमा मात्रै चारदिनको नानि छ तर उनी यस्तो कहालिलाग्दो टहरामा बसिरहेकि छिन् जहाँ नत जाडो छेक्नका लागि सिरक नै छ नत पानी छेक्नको लागि बलियो छत झ्याल ढोका नै छ ।

उनी चिसो भुइमा सुत्ने गरेको र नानिलाई पनि त्यहि सुताउने गरेको देखियो ।सामान्य टिनले बेरेको टहरामा भर्खरै जन्मिएको नानि र भर्खरै सुत्केरि भएकि बिमलाको एकदमै धेरै हरिबिजोक भएको देखियो । नत उक्त टहरामा राम्रो खाद्यान्न छ नत कतैबाट आउने आशा नै छ ।यस्तो अवस्थामा जब श्रीमानको सबैभन्दा बढि आवश्यक थियो उनी यसरी फरार भएर सम्पर्कबिहिन नै भैदिनुले बिमलालाई हदैसम्मको दुख दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर