छिमेकी देश भारतको एउटा सरकारी कलेजमा मुसलमान छात्रत्राहरुमाथि विभेद भएको पाइएको छ । बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो ।

कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो । हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरु ३१ डिसेम्बरदेखि अनुपस्थित छन् ।

एजेन्सी