राजस्व अनुसन्धान विभागले चारजना विरुद्ध सैतिस करोड चौसठ्ठी लाख एघार हजार एक सय रुपैयाँ मागदाबी सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। कैलाली लम्कीचुवा १० स्थायी ठेगाना भएका हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, वुवा नर वहादुरखड्का र उनकी केटी साथी अनिता धितालविरुद्ध मुद्दा दर्ता गरिएको हो। राजस्व अनुसन्धान विभागबाट विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार मुद्दा दायर गरेको जनाएको छ। उनीहरुले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स इस्क्रिल तथा बाइनान्स प्रयोग गरी अमेरिकी डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। दिनेश खड्काले इस्क्रिल तथा बिन्यान्स मार्फत् रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोवल बैंकसमेतबाट रु. करड ७ लाख ९८ हजार ५८१ रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट रु. करोड ७ लाख ६ हजार, भगवती खड्काको एन. आई. सि. एशिया बैंक समेतबाट रु.२० करोड ४२ लाख ९४ हजार ५२६, नरबहादुर खड्काको ग्लोवल आई. एम.ई. बैंकबाट १ करोड ६ लाख ११ हजार १६६ रुपैयाँ बराबरको कारोबार गरेको बताइएको छ।
उनीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू, बरामद मोबाइलका डाटा, कल डिटेलका प्रमाणबाट मोबाइल एप इ-स्क्रिल तथा बाइनान्सको प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको खुलेको बताइएको छ। उनीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ र नेपाल राष्ट्र बैंकको सूचनाअनुसार समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएको बताइएको छ। उनीहरुलाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com