अमेरिकाले दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छाड्न आदेश दिएको छ । अमेरिकी विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)ले युक्रेनको किभमा रहेको अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई देश छाड्न आदेश दिएको हो । युक्रेनको कुनै पनि ठाउँमा रुसी सैन्य कारबाहीले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूलाई सहयोगसहित कन्सुलर (दूतावाससम्बन्धी ) सेवाहरू प्रदान गर्ने विदेश विभागले बताएका छन् । विदेश विभागले व्यावसायिक रूपमा उपलब्ध उडानहरूमा प्रस्थान गर्न सक्नेहरूलाई आग्रह गरिरहेको छ । रुसको निरन्तर सैन्य निर्माण र गलत सूचना अभियानका कारण धेरै सावधानी अपनाएर निर्णय गरिएको हो विदेश विभागका एक वरिष्ठ अधिकारीले भनेका छन् । रुसले युक्रेनको सीमानामा एक लाखभन्दा बढी सेना जम्मा गरिसकेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा कुनै पनि समयमा आक्रमण गर्नसक्ने हुनाले अमेरिकाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको जनाएको छ ।
अमेरिकाले दियो आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

अमेरिकाले दियो आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##अन्तराष्ट्रिय

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



