सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) रबिन बिष्टले सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पीएसओ अर्थात निजी सुरक्षाकर्मी समेत रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए ।परिवारका अन्य सदस्य आफन्तको बिवाहमा गएकोले जोशी केही दिनदेखि घरमा एक्लै थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परिवारका सदस्यहरू घर फर्कदा उनी कोठामा पल्टिरहेको अवस्थामा भेटिएका थिए। उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सु ते को अवस्थामै मृ त भेटिएको बताइएको छ । परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउदा केही नबोलेपछि ढोका फु टा एर हेर्दा मृ त भेटेको बताइएको छ ।उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।