
सल्यानमा ६५ वर्षीया वृद्ध पुरुषले विष सेवन गरेर आ’त्मह’त्या गरेका छन् । बिहीबार बिहान नौ बजेतिर सल्यान बागचौर नगरपालिका १० पिपलनेटा बस्ने रामप्रसाद खत्रीले आफ्नै घरमा विषादी सेवन गरी आ’त्मह’त्या गरेका हुन् ।
विष सेवन गरेर बेहोस अबस्थामा फेला परेका उनको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृ’त्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ । घ’टनाबारे आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट एसओसिओसहित ५ जना प्रहरीको टोली खटिएको प्रहरीको भनाई छ ।