आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको बेला माधव नेपाल पनि पुगेका थिए । बैठक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।’ सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ । ऐनमा स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरे हुने उल्लेख छ ।
प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल, भोलि गठबन्धनको बैठक
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल, भोलि गठबन्धनको बैठक
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## राजनीति

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



