आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको बेला माधव नेपाल पनि पुगेका थिए । बैठक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।’ सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ । ऐनमा स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरे हुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय