
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सवारीमाथि गरिएको आक्रमणबारे नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सकलाई नै लक्षित गरी साङ्घातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्नको अविलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न संघले नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष संघले एक विज्ञप्ति जारी गर्दै माग गरेको छ ।
गिरी चढेको प्रदेश ३–०१ ००२ झ ४९१५ नम्बरको गाडीमाथि बिहीबार ढुंगा प्रहार गरिएको थियो । आयोगले पनि विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरिसकेको छ । गिरीमाथि यसअघि पनि आक्रमणको प्रयास हुँदै आएको छ ।