काठमाडौ । योजनावद्ध रुपमा ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भए पछि गुठिले मुर्ति फेला पार्नेलाई ५ लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ । महानगरपालिकाले एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । मुर्ति एक साता अघि मन्दिरवाट चोरी भएको थियो । सीसीटीभी क्यामेरो विगारेर योजनावद्ध रुपमा मुर्ति चोरी भएको प्रहरी र महानगरपालिकाले अनुमान लगाएको छ ।

गत आइतबार ललितपुर महानगरपालिका(२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। तर एक हप्ता बित्दा पनि प्रहरीले मुर्ति पत्ता लगाउन सकेको छैन । मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

गुठीको बैठक शुक्रवार बसेको थियो । सो बैठकले मुर्तिका बारेमा सूचना दिनेलाई ५ लाख रुपैया पुरस्कार दिने निर्णय गरेको हो । गुठीले मुर्ति खोजी गर्न प्रहरीलाई पनि सघाइरहेको छ । सुराकी दिने व्यक्तिको नाम गोप्य राखिने गुठीले जनाएको छ । यसमा अनुसन्धान गर्न हाल महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ।

‘यहाँ पूजारी भनेर छैन। मन्दिरको पूजा गर्ने जिम्मा सबै गुठियारमध्ये सबैभन्दा जेष्ठ नागरिकलाई दिइन्छ । प्राणनाथका ९१ वर्षीय बुवा जगतबहादुर गुठीकै सबैभन्दा जेष्ठ सदस्य हुन्। उनैले मन्दिरको रेखदेख गर्छन । गत शनिबार ८ गते साँझ अन्दाजी पौने ६ बजे पनि मन्दिरमा आरती गरिएको थियो । शनिबार मन्दिरसँगै जोडिएको सतलमा भोज पनि भइरहेको थियो। जसकारण मन्दिर परिसरमा राति ११ बजेसम्मै चहलपहल थियो।

बिहान पनि घाम नउदाउँदै मन्दिर गएका प्राणनाथले मन्दिरमा मुर्ति देखेनन् । उनी दिनहुँजसो बिहान ४ बजे नै मन्दिरको गेट खोल्न पुग्छन्, सरसफाइ गर्छन्। प्राणनाथले गएराति लगाएर गएका ताला त्यहाँ थिएनन्। चार वटै ढोका खुला थिए। ढोका खुला भएपछि उनी सरासर माथिल्लो तलामा गए। त्यहाँ बालकुमारीको मूर्ति थिएन।बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो। हरेक वर्ष मंसिर पूर्णिमा र चैत पूर्णिमामा यसको जात्रा गरिन्छ। अहिले चोरी भएको मूर्ति २५० देखि ३०० वर्ष पुरानाहुनुपर्ने स्थानियको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah