पूर्वधार विकास कार्यालय हुम्लाले खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत सिमकोट गाउपालिका- २ ठेहेस्थित भित्तगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता पाएको छ । असाेज २०७६ मा सम्झौता भएको यस सडकक्षेत्रमा ठूलो चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो ।

सडक निमार्णका लागि लामो समयदेखि विस्फोटक पदार्थको अभावले सिमकोट-२ मा रहेको भित्तगौँडाको सडक निमार्णको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए । खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत थत भित्तगौँडामा चार मिटर कडा चट्टान छिचोल्न १५ महिनापछि विस्फोटक पदार्थ बल्ल उपलब्ध गराउन सफल भएपछि काम अगाडी बढेको कार्यालय प्रमुख ऐडीले बताए ।

हिमाली जिल्ला हुम्लामा हिउदको मौसमी वर्षा, हिमपात, कोभिडजस्ता समस्या आएपछि निर्माण सामग्री उपलब्ध गराउन ढिला भएकाले काममा ढिला भएको कार्यालय प्रमुख ऐडीले बताए । कार्यालय प्रमुख ऐडीका अनुसार भित्तगौँडाको कडा चट्टानी भाग अबको दुई/तीन महिनाभित्रै छिचोलेर सकिनेछ । यो क्षेत्रमा अझ कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको छ । चट्टानी भाग छिचोल्ने काम ढिलासुस्ती भएपछि स्थानीयलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ ।

१४ माघ २०७८ हुम्लास्थित नेपाली सेनाको दश जनाको टोली गएर फिस्फाेट गरेको भए पनि अझै भिर विस्फोटन गर्न समय लाग्ने उनले बताए । चट्टानी भाग छिचोल्ने कार्य भईरहेकाले सिमकोट गाउँपालिका- १ र २ र खार्पुनाथ गाउँपालिका-५ का ताक्ला, बाम्टाका नागरिकलाई आवतजावतमा समस्या निम्तिएकाे साथै खार्पुनाथ शिवालय त्यही ठाउँमा रहेकाले तिर्थालुदेखी दाहासंस्कारको लागि पनि समस्या भएको ठेहेका नागरिक जडिबुटी व्यवसाय संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । – न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com