रसियाली राष्ट्रपति भ्लालमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई यु’द्धमा तानेको आरोप लगाएका छन् । युक्रेन तनावबारे पहिलो पटक बोल्दै राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन विवादलाई बहाना बनाउनु अमेरिकाको उदेश्य भएको आरोप लगाए ।युरोपमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन फौज नेटोबारे रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरेको पुटिनले बताए ।
रुसले युरोपको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ ।युक्रेनको सीमामा ट्यांक, आर्टिलरीलगायतका अ’त्याधु’निक ह’ति’या’रसहित एक लाख रुसी सुरक्षाकर्मी तैनाथ छन् ।रसियाले युक्रेनमाथि आ’क्रम’णको योजना गरेको भन्ने पश्चिमेली देशको आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ ।
करिब आठ वर्षअघि रसियाले युक्रेनको दक्षिणी भूभाग क्रिमियालाई बिलय गराउन सफल भएको थियो । त्यस्तै, उसले पूर्वी दोनबास क्षेत्रका वि’द्रोही’को र’क्तपा’तपूर्ण यु’द्धलाई पनि समर्थन जनाएको थियो ।



